सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कसको कहाँ सरुवा ? हेर्नुस् [सूचीसहित]

619

काठमाडौं । गृह मन्त्रालयले सोमबार १६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ । गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागले सोमबार १६ जना डिआइजीको सरुवा गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को जिम्मेवारी डिआइजी धिरप्रताप सिंहले पाएका छन् । उनी प्रदेश नम्बर २ प्रहरी कार्यालयको नेतृत्व गरिरहेका थिए । त्यस्तै, सात वटै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन् ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरित डिआइजी अरुण कुमार बिसीले प्रदेश नम्बर १ को जिम्मेवारी पाएका छन् । यस्तै, प्रदेश नम्बर २मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी, लुम्बिनीमा मुकुन्द आचार्य, कर्णालीमा गणेश बहादुर ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेलले जिम्मेवारी पाएका छन् ।

डिआइजी सरुवा
Share This:
सम्बन्धित खबर
Loading...