राज्यको सम्पूर्ण शक्ति कोरोना महामारी नियन्त्रणमा लगाऔँ : अर्जुननरसिंह केसी

356

नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताएका छन् ।

नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै नेता केसीले सरकारले विकास र समृद्धिका ठूला कुरा नगरी नागरिकको जीवनरक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पति लगाउनुपर्ने बताएका हुन् । राजनीति पछि पनि गर्न सकिेन भन्दै उनले पहिले जीवन बचाउन सरकारको ध्यानाकर्षण गराए ।

“हामी सरकारलाई पनि भन्न चाहन्छौँ, अहिले तिमी ठूला–ठूला विकास, समृद्धिका सपना, झुटको खेती नगर । भएभरको राष्ट्रिय शक्ति र सम्पति कोभिड महामारीबाट मुक्त बनाउनका लागि प्रयोग गर,” नेता केसीले भने ।

उनले थपे,“पहिले नेपाली जनता बाँचुन्, पहिले नेपाली जनताको सुरक्षा गरौँ । राजनीति भोलि गरौँला । राजनीति पछि गर्न सकिन्छ । अहिले जनताको स्वास्थ्य नै केन्द्रबिन्दु हो भन्ने राष्ट्र, राजनीतिक दल र सरकार सबैले लिनुपर्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...