नरोत्तम वैद्यले भने– आवेशमा आएर बोलेँ, आत्मालोचित छु

221

काठमाडौं । बागमती प्रदेशसभामा नेपाली कांग्रेसका सांसद् नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।

शनिबार प्रदेशसभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय मागेर उनले भावानेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मलोचनासहित सो अभिव्यक्ति फिर्ता लिएका हुन् ।

“हाम्रो सम्माननीय प्रधानमन्त्रीप्रति मेरो रिसिवी होइन । म महात्मागान्धीलाई असाध्यै मान्ने । अहिंसा फिलोसफीलाई असाध्यै मान्ने । अनि वचनले पनि कसैको हिंसा नहोस् भन्ने चाहने मान्छे । तर, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको हाम्रो देशमा जुन किसिमको प्रवृत्ति देखिन्छ । जुन किसिमको उहाँको क्रियाकलापहरु देखिन्छ । जुन किसिमले उहाँले आफ्नो सत्ता बचाउनका लागि, आफ्नो सिट बचाउनका लागि जुनसुकै हथकाण्ड अपनाएको देखिन्छ । जुनसुकैसँग सम्झौता गरेको देखिन्छ । त्यो कुराबाट म असाध्यै भावावेगमा आएर आफ्नो कुरा पोख्ने सिलसिलामा मैले आवश्यकताभन्दा बढी नै स्वतन्त्रताको उपभोग गरेको जस्तो फिल गरे,” उनले आजको सभामा प्रष्टीकरण दिए ।

उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...