नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न बागमती एमाले संसदीय दलको ह्विप

288

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले आगामी वर्ष २०७८/७९को नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न प्रदेश सांसद्हरुलाई ह्विप जारी गरेको छ ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलले बैठकमा सम्पूर्ण प्रदेशसभा सदस्यलाई नीति तथा कार्यक्रम पास गर्न पक्षमा मतदान गर्न निर्देशन दिएको दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिए । बैठकमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले पनि पौडेलको निर्देशन मान्न सदस्यहरुलाई आग्रह गरेको मुख्य सचेतक निरौलाले बताए ।

त्यसैगरी, बैठकले नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दिएको ज्यान मार्ने धम्की आपत्तिजनक अभिव्यक्तिको सत्र्सना गर्दै लिखित माफी माग्न माग गरेको छ ।

बैठकले वैद्यलाई माफी माग्न सभामुखसमक्ष जानकारी गराउने निर्णयसमेत गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...