काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुलाई समसामयिक विषयमा छलफल गर्न सभामुख सापकोटा छलफलमा जुटेका हुन् ।
यसअद्धि पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग छलफल गरेको सभामुखले आज दलका प्रमुखहरुसँग छलफल गरिरहेका छन् । छलफलमा प्रधानमन्त्री केपी ओली शर्मा अनुपस्थित रहेका छन् ।
छलफलमा कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, माधव कुमार नेपाल, जसपाका नेताहरु डा.बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत रहेका छन् ।