विपक्षी विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

443

काठमाडौं । विपक्षी विद्यार्थी संगठनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्दा दहन गरेका छन् ।

नेविघसंघ आवद्ध विद्यार्थीहरुले सोमबार काठमाडौंको काँडाघारीमा प्रतिनिधिसभा विघटनविरुद्ध र मुलुक टुक्राउने अभिव्यक्ति दिनेलाई मन्त्री बनाएको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

सो क्रममा उनीहरुले सरकार विरोधी नारा लगाएका थिए । पुत्दा दहन गर्नेवितिकै प्रहरीले हस्तक्षेप गरेको थियो भने केही विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, अखिल क्रान्तिकारी आवद्ध विद्याथीहरुले सोमबार नै काठमाडौंको मिन भवनमा प्रधानमन्त्री ओलीको पुत्दा दहन गरेका छन् ।

उनिहरुले सरकारविरुद्ध नारा जुलस समेत गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...