खनाल–नेपाल पक्षीय एमालेको केन्द्रीय कमिटी आज पनि बस्दै

498

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बिहीबारदेखि भर्चुअल माध्यमबाट जारी बैठक शुक्रबार पुनः बस्ने भएको हो ।

बिहीबार करिब ७ घन्टासम्म चलेको बैठकमा सबै केन्द्रीय सदस्यले बोल्नेक्रम नसकिएपछि शुक्रबार बिहान ११ बजे पुनल् बस्नेगरी टुंगिएको थियो ।

बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारण राख्ने क्रम जारी छ । बिहीबार ११ बजे सुरु भएको बैठक साँझ ६ बजेसम्म चलेको थियो ।

बिहीबारको बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले आफूहरु २०७५ जेठ २ को अवस्थामा फर्केर पार्टीलाई एकताबद्ध बनाउन तयार रहेपनि अध्यक्ष केपी शर्मा ओलीले नै एकता नचाहेकाले अब स्पष्ट निर्णय गरेर अघि बढ्न नेतृत्वलाई दवाव दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...