काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार बिहान संसद् सचिवालयमा पत्र बुझाउँदै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका हुन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
२०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको थियो । माओवादीको समर्थन फिर्तासँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादीका ४८ जना सांसद् छन् ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिने निर्णय गरिसकेका छन् ।