सरकारको नेतृत्वमा दाबी गर्छु : ओली

312

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ५ बजेसम्म सरकारको नेतृत्वमा दाबी गर्ने बताएका छन् ।

उनले बालुवाटारमा आयोजित पत्रकारहरुको छलफलमा यस्तो बताएका हुन् ।

“अरुले समर्थन तरुन् । प्रतिनिधिसभा सदस्यको हिसाबमा मैले दाबी गर्न सक्छु । अहिलेसम्म मसँग १ सय २१ जना सदस्य छन् । अर्थात् मतभार द्ध । मसँग अहिले त्यति भएको हुनाले मलाई अलि सजिलो होला कि भनेर प्रयास गरिरहेको छु,” प्रधानमन्त्री ओलीले भने,“राष्ट्रपतिलाई भरपर्दो आधार लाग्यो भने नियुक्त गर्नुभयो भने मैले सरकार बनाउँछु । र एक महिनाभित्र विश्वासको मत लिनेछु । एक महिनाभित्र विश्वासको मत नदिए विघटन गर्यो भनेर आरोप लगाउन पाइनेछैन ।”

प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सभापति देउवालाई टेलिफोन गरेर नयाँ सरकार बनाउन वा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको समेत बताए । “आज बिहान मैले शेरबहादुर देउवालाई फोन गरेर भनेँ–तपाईंहरु सरकार बनाउनुहोस् । होइन, भने आउनुहोस् मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ न त !” प्रधानमन्त्री ओलीले भने ।

Share This:
सम्बन्धित खबर
Loading...