कांग्रेस बैठक : सबै विकल्पमा छलफल गर्ने कांग्रेसको निर्णय

407

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको मर्म र भावनालाई बारम्बार कुल्चिएको निष्कर्ष निकालेको छ । सबै दलसँग छलफल गरेर यो यो प्रवृतिलाई परास्त गर्न सबै विकल्पमा जाने निर्णय गरेको छ ।

शुक्रबार बिहान कांग्रेस सभापति शेर बहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा ५ बजे अघि नै केही न केही उपाय निकाल्ने र त्यासका लागि अन्य दलहरुसँग छलफल गर्ने निर्णय भएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले संसदमा विश्वासको मत नलिने भए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री ओलीले राजीनामा नदिइ संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावनाविपरीत भएको कांग्रेसको ठहर छ ।

Share This:
सम्बन्धित खबर
Loading...