काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ गएको बताएका छन् ।
मंगलबार ट्विटरमार्फत् डा.भट्टराईले कोरोना महामारी र अन्त्यहीन राजनीतिक गतिरोधका कारण देश गम्भीर संकटमा फस्न लागेको बताएका हुन् ।
“देश गम्भीर संकटमा फस्दैछ । एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध !,” भट्टराईले लेखेका छन् ।
वर्तमान सरकारले गतिरोध अन्त्य गर्न नसक्ने समेत उनको भनाइ छ । “न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छः न वैकल्पिक सरकार बन्न ! संविधानका स्तम्भ एक–एक गरी ढल्दैछन् ! सबै पार्टी/नेता निरीह ! सर्पको मुखका भ्यागुता ! अनि राष्ट्रिय एकताको कुरा गर्नु ।”
देश गम्भीर संकटमा फस्दैछ।एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न बैकल्पिक सरकार बन्न!संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्!सबै पार्टी/नेता निरीह!सर्पको मुखका भ्यागुता! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ?
— Baburam Bhattarai (@brb1954) May 18, 2021