प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दै लिएको शपथ पुनः गर्ने कि नगर्ने ? मंगलबार टुंगो लाग्ने

676

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोचच अदालतमा दायर भएको रिट दर्ता भएको छ । गत वैशाख ३१ गते शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधामन्त्री ओलीलाई गराएको शपथ ग्रहणविरुद्ध सर्वोच्चमा आइतबार नै दायर भएको रिट सोमबार दर्ता भएको हो ।

उक्त रिटमाथि सुनुवाइ मंगलबार हुनेछ । प्रधानमन्त्री ओलीले पुनः शपथ लिनुपर्ने वा नपर्ने भन्ने विषयको टुंगो भोली लाग्नेछ ।

राष्ट्रपति भण्डारीले ‘प्रतिज्ञा गर्दछु’ भन्ने वाक्य उच्चरण गर्न पटक–पटक दोहोर्याउँदा प्रधानमन्त्री ओलीले‘त्यो पर्दैन’ भन्ने जबाफ दिएका थिए ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली अधिवक्ताहरु लोकेन्द्र बहादुर ओली र केशरजंग केसीले प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो ।

यस्तै, सांसद् नरहेका ७ जना मन्त्रीको विषयमा पनि सर्वोच्च पुगेको छ । सांसद् पदमा नरहेका व्यक्तिलाई मन्त्रीमा नियुक्त गरेको भन्दै अधिवक्ता सन्तोष भण्डारीले बदर गर्न माग गरेका छन् ।

माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका राम बहादुर थापा‘बादल’, टोप बहादुर रायमाझी। लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी र दावा तामाङलाई मन्त्री बनाएको भन्दै सर्वोच्चमा रिट दायर भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...