काठमाडौं । ओमनबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपालबाट नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर नेपाल ल्याएको हो ।
अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघको सहयोगमा र नेपाली दूतावास ओमनको सहकार्यमा सहयोस्वरुप प्राप्त भएको हो ।
ओमनबाट फर्किएको जहाज बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन राति ११ बजे चीनको राजधानी बेइजिङ जानेछ ।
निगमले अत्यावश्यक मेडिकल सामग्री लिन अब केही दिन लगातार बेइजिङ जाने तयारी गरिरहेको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । “सिलिन्डरसहितका सामग्री लिन अबका केही दिन निगमको जहाज हरेक दिन बेइजिङ जानेछ,” पौडेलले भने ।