ओली र नेपालबीच भेटवार्ता सुरु

442

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद् पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार बिहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए ।

बिहीबार एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनके कारबाही फिर्ता लिने निर्णय गरेको थियो ।

नेपाल पक्षले आज साढे चार बजेसम्ममा आफूहरुको माग सम्बोधन गर्न ओलीलाई माग गरेको छ । सो समयभित्र पनि माग सम्बोधन नभए राजीनामा दिने चेतावनी दिएको छ ।

उसले २०५२ जेठ २ गतेको संगठन संरचनामा फर्किनु पर्ने अडान राखेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...