काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कानुन दिवस २०७८’ का अवसरमा कानुन तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेकी छन् ।
उनले आज अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छन् ।
“कानुन दिवस २०७८ को अवसरमा कानुन तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु,” राष्ट्रपति भण्डारीले भनिन्,“अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् ।”
कानुन दिवस २०७८ को अवसरमा कानुन तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् ।
— Bidya Devi Bhandari (@PresidentofNP) May 9, 2021