जिल्ला अस्पताल खाँदबारी प्रदेश एककै सर्वोकृष्ट

320

खाँदबारी । जिल्ला अस्पताल खाँदबारी प्रदेश नम्बर १ कै उत्कृष्ट बनेको छ । प्रदेश एकका १४ वटा अस्पताललाई पछि पार्दै जिल्ला अस्पताल पहिलो भएको हो ।

न्यूनतम सेवा मापदण्ड मापनमा जिल्ला अस्पताल सङ्खुवासभाले ७१ प्रतिशत अंक ल्याएर प्रथम भएको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताए । यसअघि यो अस्पताल प्रदेश १ मा १२औँ स्थानमा थियो ।

५० बेडको द्वितीय स्तरको प्रादेशिक अस्पताल १ नम्बर प्रदेशमा १४ वटा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए । जनशक्तिको व्यवस्थापन, आर्थिक व्यवस्थापन, औजार उपकरणको उपलब्धता र प्रयोग, मानव संसाधन व्यवस्थापन, बिरामीको सेवा सुविधा, फोहरमैला र विपत् व्यवस्थापनमा भएका ९ सय ३९ अंकमा ७१ प्रतिशत ल्याएको अध्यक्ष शाक्यले बताए । अस्पतालको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की समेतको विज्ञ टोलीले अनुगमन गरेको थियो ।

निकट भविष्यमा अन्य महत्वपूर्ण सेवाहरु थप हुने भएकोले अर्को वर्ष अंक बढ्ने अपेक्षा गरिएको छ । यसै आर्थिक वर्षमा कल्चर सेवा र हार्डजोर्नी विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारीमा रहेको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताए । उनका अनुसार आगामी आर्थिक वर्षमा सिटी स्क्यान र आइसियू सञ्चालन गर्ने लक्ष्य राखेको छ । जिल्ला अस्पताल सङ्खुवासभालाई प्रदेशमै नमुना बनाउने उद्देश्यका साथ काम भइरहेका श्रेष्ठले जानकारी दिए ।

इमकालु अनलाइनबाट

Share This:
सम्बन्धित खबर
Loading...