काठमाडौं । सञ्चार तथा सूचान प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले पछिल्लो मन्त्रिपरिषद्का निर्णयहरु आज सार्वजनिक गरेका छन् ।
निर्णयअनुसार चुरे विकास समितिको अध्यक्षमा पर्वतका डा. किरण पौडेल तथा सदस्यहरुमा दोलखाकी कमला ओली शिवाकोटी, महोत्तरी शशीकुमार शर्मा, कपिलवस्तुका भेषराज आचार्य र काठमाडौं सुष्मित ढकाल नियुक्त भएका छन् ।
बैठकले विदेशमा बस्ने नेपालीका लागि नेपाली भाषामा शिक्षण सिकाइका लागि कुनै संस्था वा व्यक्तिले अनुमति मागेमा विदेशमा विद्यालय सञ्चालनका लागि निर्धारित सर्तका आधारमा अनुमति दिने निर्णय पनि गरेको छ ।
यस्तै त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ६० रोपनी जग्गामा त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान अन्तरगत नेफ्रोलोजी र युरोलोजी अध्ययन अध्यापन तालीम र उपचारका लागि भवन बनाउन त्रिविलाई स्वीकृति दिने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा विज्ञापन बोर्डको अध्यक्षमा काभ्रे पनौतीका लक्ष्मण हुमागाँईलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।
मन्त्रिपरिषदका निर्णयहरु
मन्त्रिपरिषद बैठक