काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत कोविन्दको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
I wish for a speedy recovery and wellness to President of India H.E. Shri Ram Nath Kovind after a successful bypass surgery today. @rashtrapatibhvn
— K P Sharma Oli (@kpsharmaoli) March 30, 2021
राष्ट्रपति कोविन्द अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् । उनको दिल्लीस्थित एम्स अस्पतालमा मुटुको बाइपास सर्जरी गरिएको छ ।