काठमाडौं । नेपाली कांग्रेसले लिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने भएको छ ।
सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत्र १५,१६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
यस्तै, १७ गते एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।
३ दिन शोकसभाबाहेक कार्यक्रम पनि नगर्ने भएको छ । यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने भएको छ ।