साझा यातायातले पहिलो चरणमा ४० वटा विद्युतीय बस खरिद गर्ने

610

काठमाडौं । साझा यातायातले ४० थान विद्युतीय बस खरिद गर्ने भएको छ । सरकारले दिएको ३ अर्ब रुपैयाँबाट साझाले पहिलो चरणमा ४० थान विद्युतीय बस खरिद गर्न लागेको हो ।

बस खरिदका लागि साझाले ग्लोबल टेन्डरको सूचना जारी गरेको छ । साझा यातायातले न्यूनतम बिड सेक्युरिटी शुल्क २ करोड १० लाख रुपैयाँ राख्दै सूचना जारी गरेको हो ।

साझाले २०२१ को मे ८ सम्म समयसीमा राखेर टेन्डर आव्हान गरेको छ ।

साझाले टेन्डरमा सहभागीको प्रस्ताव भने मे ९ मा खुला गर्ने जनाएको छ । सरकारले यसअघि साझालाई ३ सय वटा विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ फिर्ता माग्ने निर्णय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...