किरण लिम्बूको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा

306

काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय क्याम्पमा रहेका १० खेलाडीलाई बाहिर राख्दै २३ सदस्यीय टोलीको घोषणा गरेको हो ।

२३ खेलाडी रहेको टोलीको जिम्मेवारी गोलकिपर किरण कुमार लिम्बूलाई दिइएको छ ।

क्याम्पमा रहेका खेलाडीहरुमा गोलकिपर विशाल श्रेष्ठ तथा विशाल सुनुवार डिफेन्डर पल्साङ लामा, सुरज विक र विकास खवास टोलीमा परेका छैनन् । यस्तै, मिडफिल्डर हेमन्त थापा मगर, सन्तोष तामाङ, फर्वाड आशिष लामा, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ पनि टोलीमा अटाएका छैनन् ।

नेपालले आफ्नो पहिलो खेलमा बिहीबार किर्गिस्तानसँग खेल्नेछ ।

नेपाली टोली
गोलकिपर : किरण कुमार लिम्बू, विकेश कुथु, दीप कार्की
डिफेन्डर : रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ
मिडिफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सञ्जोग राई, विशाल राई, सुनिल बल, रवि शंकर पासवान
फर्वाड : अञ्जान विष्ट, दशृन गुरुङ, अभिषेक रिजाल र भरत खवास

Share This:
सम्बन्धित खबर
Loading...