सांसद कृष्णभक्त पोखरेलले भने, ‘नेपाल गुट छाडे, मूलधारमा लागेँ’

439

काठमाडौं । माधवकुमार नेपाल समूहका प्रभावशाली सांसद् कृष्णभक्त पोखरेलल आज संसदीय दलको बैठकमा उपस्थित भएर प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको मूलधारमा लागेको घोषणा गरेका छन् ।

दलको बैठकमा बोल्दै पोखरेलले फागुन २३ को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा आफू पनि रहेको भन्दै गौरवशाली पार्टी एमाले, जबज र सूर्य चिन्ह पाएपछि आफू केपी ओलीको अभियानलाई सघाउन पूरानो समूह त्यागेर आएको बताए ।

उनले भने, “छुट्टै बैठक बस्नुपर्ने कुरा सकियो । म अब मरुलधारमा लागेँ, यसबीचमा कहीँ कतै गल्ति भएको भए माफ पाउँ । मेरो गुरु सुवासचन्द्र नेम्वाङलाई मैले भने संसद विघटनमा मेरो असहमति थियो । अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु ।”

चितवनबाट निर्वाचित सांसद पोखरेल कानुन व्यवसायी पनि हुन् । उनी नेकपा विभाजनको बेला प्रचण्ड–नेपाल समूहको प्रतिनिधिका रुपमा अदालत र निर्वाचन आयोगमा जाने गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...