नेपाल दक्षिण एसियाकै सबैभन्दा खुसी मुलुक

678

काठमाडौं । राष्ट्रसंघीय दिगो विकास परियोजनाले सार्वजनिक गरेको सन् २०२१ को खुसी देशहरुको सूचिमा नेपाल ८७औँ स्थानमा परेको छ ।

नेपाल दक्षिण एसियाकै खुसी मुलुक घोषित भएको छ । राष्ट्रसंघले कोरोना भाइरस महामारीपछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर विश्वका १ सय ४९ देशलाई सूचिकृत गरेको हो ।

नेपालले ५.२६९ अंक प्राप्त गरेको छ । कुल ग्राहस्थ उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई सूचक मानिएको थियो ।

फिनल्यान्ड यो वर्षपनि विश्वकै सबैभन्दा खुसी मुलुकको रुपमा शीर्ष स्थानमा रहेको छ ।

छिमेकी मुलुक भारत १ सय ३९औँ स्थानमा रहेको छ । भारत नेपाल, बंगलादेश र पाकिस्तानभन्दा तल छ । सार्क राष्ट्रमा सबैभन्दा तल अफगानिस्तान छ ।

यस्तै, नेपालको अर्को छिमेकी देश चीन नेपालभन्दा तीन स्थान माथि रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...