एमालेमा माधव समूहले गर्‍यो समानान्तर कमिटीको अभ्यास (सूचिसहित)

610

काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल पक्षले संस्थापन पक्षको कार्य विभाजनलाई चुनौती दिँदै समानान्तर अभ्यास थालेको छ ।

बैठकमा संस्थापन पक्षले कारबाही गरेको सन्दर्भमा के गर्ने भनेर अधिवक्ताहरु गोविन्द बन्दी र टीकाराम भट्टराईले विभिन्न प्रावधानबारे जानकारी गराएका थिए ।

आजै एमालेका नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको संयुक्त वक्तव्य समेत आउने भएको छ ।

नयाँ बनेश्वरस्थित अर्याल हाेटलमा बसेकाे नेपाल पक्षकाे केन्द्रीय सदस्यहरूकाे बैठकले सात प्रदेश इञ्चार्जसहित पार्टी कामकाे संयाेजन गर्ने भनेर समानान्तर जिम्मेवारी ताेकेकाे हाे ।

नेपाल पक्षले ताेकेका इञ्चार्ज

प्रदेश १ : भीम आचार्य
प्रदेश २ : घनश्याम भुसाल
बागमती प्रदेश : अष्टलक्ष्मी शाक्य
गण्डकी प्रदेश : सुरेन्द्र पाण्डे
लम्बिनी र कर्णाली प्रदेश : युवराज ज्ञावली
सुदूरपश्चिम प्रदेश : भीम रावल
युवा : रघुजी पन्त
विद्यार्थी : गोकर्ण विष्ट
बुद्धिजिवी : प्रमेश हमाल
प्रचार विभाग प्रमुख : योगेश कुमार भट्टराई

Share This:
सम्बन्धित खबर
Loading...