ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओ आजदेखि खुल्दै, कति कित्ता भर्ने ?(विवरणसहित)

475

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओ आजदेखि खुल्दैछ । फागुण २३ गतेदेखि निष्काशन गर्ने भनिएको आइपिओ अब २१ गते शुक्रबारदेखि नै सुरु हुने भएको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडकाअनुसार  सिडिएससीको निर्देशनमा ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ तोकिएको मितिभन्दा दुई दिन अगाडि नै निष्काशन गरिने भएको हो । अब यो कम्पनीको आइपिओ फागुन २१ गते शुक्रबारदेखि निष्काशन हुने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आइपिओ निष्काशन गर्नेछ । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामुहिक लागनी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नछन् । लगानीकर्ताले सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गर्न लागेको हो । हाल इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । आइपिओ बिक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । आइपिओ निष्काशनका लागि केयर रेटिङ नेपालले यो कम्पनीलाई केयर एनपी त्रिपल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा कम्पनी मध्यमरूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

उक्त विवरण अनुसार कम्पनीले चौथो त्रैमाससम्ममा १२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको तुलनामा ६ लाख ४१ हजार रुपैयाँले धेरै हो । गत वर्षको यही अवधिमा कम्पनीले १२ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

यसैगरी, चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ७८ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षको तुलनामा ८०.२८ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ९८ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ र जगेडा कोषमा ३९ करोड ९५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ८३ पैसा रहेको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्दैछ ।

Share This:
सम्बन्धित खबर
Loading...