काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ ।
फिलिप्सको नियुक्तिबारे एन्फाले बिहीबार आधिकारिकरुपमा पुष्टि गरेको छ । नवनियुक्त प्रशिक्षक फिलिप्सको कार्यकाल एक वर्ष रहेको समेत बताइएको छ ।
कृष्ण थापा, कुमारराज भण्डारी, उपेन्द्रमान सिंह, दिनेश व्याञ्जन्कर र अर्जुन लामासहितको पाँच सदस्यीय एन्फा टेक्निकल कमिटीले फिलिप्सलाई सिफारिस गरेको थियो ।
फिलिप्सले मलेसिया, भेतनाम र फिलिपिन्समा क्लबमा रहि काम गरिसकेका छन् , यस्तै, पपुवा न्यू गिनी राष्ट्रिय महिला फुटबल टिमको म्यानेजरकोरुपमा समेत काम गरेका छन् ।
आगामी साफ महिला च्याम्पियनसीप र एएफसी महिला एसियन कप च्याम्पियनसीप २०२० को छनोट प्रतियोगिताको तयारीका लागि छिटै बन्द्र प्रशिक्षण सुरु गरिने समेत एन्फाले जनएको छ ।
फिलिप्स २०१९ को जुलाइदेखि एएफसीको आर्थक सहयोगमा एन्फाले टेक्निकल डाइरेक्टरको रुपमा कार्यरत थिए ।
यसअघि महिला फुटबल टोलीको प्रशिक्षकमा हरि खड्का रहेका थिए ।