‘नरहे यो जिन्दगी’ बोलको गीत सार्वजनिक (भिडियो)

344

काठमाडौं । प्रणय दिवसको अवसर पारेर गायिका गंगा गजमेरले ‘नरहे यो जिन्दगी’ बोलको म्युजिक सार्वजनिक गरेकी छन् ।

उक्त गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसोबास गरिरहेका गीतकार गोपाल लोहारको रहेको छ भने गीतलाई मानसी किरणले संगीतवद्ध गरेकी हुन् ।

 

म्युजिक भिडियोमा रोशनी कार्की र संजय बिकबीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । दिनेश पराजुलीले भिडियोलाई छायांकन गरेका हुन् । भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई उत्तर राना मगरले सम्पादन र निर्देशनमा गरेका हुन् ।

गोलो प्रडक्सनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गायिका गजमेरले ‘स्वरादि’ गीति संग्रह, ‘फूलसरी माया फुल्यो’, ‘माया मोहनी’ लगायत थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...