काठमाडौं । नेपाली सिने क्षेत्रका चर्चित तथा वरिष्ठ नृत्य निर्देशक गोबिन्द राईले निर्माण, निर्देशन तथा कोरियोग्राफी गरेको बहुप्रतिक्षित गीत ‘बिस्तारै बिस्तारै’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लोकप्रिय गायक प्रताप दास र कविता श्रेष्ठको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘बिस्तारै बिस्तारै’ निर्देशक गोबिन्द राईले आफ्नै युट्युब च्यानल बाट रिलिज गरेका हुन् ।
गीतकार राजेश कुमार श्रेष्ठको शब्द तथा एलिश कार्कीको संगीत रहेको भिडियोलाई गोबिन्द राईले निर्देशन गरेका छन् भने ज्ञानु सुब्बाले कोरियोग्राफी गरेका छन् ।
दिपेन बस्नेतको छयांकन तथा सम्पदान रहेको सार्वजनिक भिडियोमा पछिल्लो समयको नायिका एलिजा गौतम र अभिनेता यशराज गराचको अभिनय रहेको छ ।