काठमाडौं । जीवनमा हार खाएर आत्महत्या गर्न चाहने प्रति समर्पित गर्दै गीतकार तथा संगीतकार बसन्त लम्सालले नयाँ मार्मिक म्युजिक भिडियो ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक गरेका छन् ।
गीतमा स्वर गायक तथा संगीतकार हरि लम्सालको रहेको छ भने शब्द, संगीत अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालको रहेको छ । गीतलाई किरण कडेलले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा राजेश हमाल, रिमा विश्वकर्माको साथमा बालकलाकार श्रीवानी थापाको मन छुने अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।
बहुमुखी प्रतिभाका धनि गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालले यस अघि ‘यसलाई पर्दा उसले हेर्थ्यो’, ‘तिमी मेरो एउटा’ लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् ।