पोखराकी एलिना गुरुङले जितिन् पहिलो ‘नेपाल स्टार’ को उपाधि

199

काठमाडौं । नेपाल टेलिभिजनमार्फत प्रशारित सिङ्गिङ रियालिटी शो ‘नेपाल स्टार’को उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् । उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् ।

‘शो’को फाइनलमा स्थान बनाएका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङ विजयी भएकी हुन् ।

फाइनलमा पुगेका अन्य प्रतिस्पर्धी लक्ष्मण लिम्बू, सुरेश लामा र सन्देश लामाले जनही ५ लाख रुपैयाँ पाएका छन् । विजेताले त्यसमा थप ३० लाख रुपैयाँ पाएसँगै शो विजेताले कुल ३५ लाख रुपैयाँ नगद पाएका हुन् ।

‘शो’को विजेता बनेसँगै एलिनाले १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् । अन्य तीन उपविजेताले पनि ५० लाख रुपैयाँ बराबरको पोलिसी पाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...