कर्तव्य ज्यान मुद्दाका ४ जना फरार अभियुक्त १५ वर्षपछि पक्राउ

316

कैलाली । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका ६ सियाराम चौधरी, ३३ वर्षीय टुकुवा भनिने टिकाराम चौधरी, ३१ वर्षीय सुनिल भनिने कालुराम कुमाल र ३३ वर्षीय ताराप्रसाद चौधरी रहेका छन् ।

उनीहरुले २०६२ भदौ ११ गते कैलाली धनगढी नगरपालिका वडा नम्बर ६ जाली गाउँ बस्ने २५ वर्षीको दुखराम चौधरी राति ११ बजे देखि घरबाट बेपता भएको र भोली बिहान धानको खेतबारीमा कर्तब्य गरी मारेको अवस्थामा लास फेला परेको थियो ।

उक्त घटनामा तत्काल ४ जनाविरुद्ध जाहेरी प्राप्त भइ कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी उनीहरुको खोजी गर्दै जाँदा २०७७ पुस १७ गते घटनामा संलग्न सियाराम चौधरी, टेकुवा भन्ने टिकाराम चौधरी, सुनिल भन्ने कालुराम कुमाललाई धनगढी उपमहानगरपालीकाको विभिन्न स्थानबाट र २०७७ माघ ६ गते तारा भन्ने तारा प्रसाद चौधरीलाई कालिकोटबाट पक्राउ गरिएको थियो ।

प्रकाउ परेका उनीहरुउपर कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमति लिइ सम्पूर्ण अनुसन्धान कार्य पश्चात मिसिल जिल्ला सरकारी वकिल कार्यालय कैलालीमा पेश गरिएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...