‘थोरै खुशी’ बोलको हृदयस्पर्शी गीत सार्वजनिक (भिडियो)

302

काठमाडौं । गायक प्रविन वेडवाल र नवगायिका रंगिला बटालाको स्वरमा रहेको ‘थोरै खुशी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

जीवन दर्शनको भाव बोकेको यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसेर नेपाली सुगम संगीतमा योगदान पुर्याइरहेका गीतकार गोपाल लोहारको रहेको छ । यस गीतलाई बसन्त सापकोटाले संगीतवद्ध गरेका हुन् भने विशम आचार्यले संगीत संयोजन गरेका हुन् ।

जीवन भोगाइको यथार्थलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा कुलदीप अधिकारी, कविता न्यौपाने र समृद्धि निरौलाको जिवन्त अभिनय देख्न सकिन्छ ।

श्याम तामाङले छायाङ्कन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई काजी लिम्बू र श्याम लामाको निर्देशनमा तयार पारिएको हो ।

गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...