कैलाली । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नम्बर-१ अत्तरीयास्थित धनगढी रोडमा रहेको सार्थक प्यालेस होटलबाट आइतबार राति ७ बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बैतडी डिलासैनी गाउँ पालिका-१ बस्ने बर्ष २८ को पुरन कोटारी रहेका छन् । उनलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध (खैरो हिरोइन २४.५४ ग्राम, नगद रु १७ हजार र मोबाइल थान-२ समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कोटारीलाई लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।