बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

145

मोरङ । मोरङको उर्लावारी नगरपालिका-४ आइतबारेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

शनिवार अपरान्ह पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६२७८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक दमक नगरपालिका-४ का ३२ वर्षीय प्रदिप कार्कीको उपचारको क्रममा उर्लावारीको अरनिको अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

मोटरसइकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...