श्रीमतीको हत्या अभियोगमा पक्राउ

201

कैलाली । आफ्नै श्रीमती ३७ वर्षीया लक्ष्मी ओडलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले श्रीमान्‌लाई पक्राउ गरेको छ ।

जोशीपुर गाउँपालिका-७ लुहागड बस्ने ३७ वर्षीय गणेश ओडलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गणेशले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोशीपुर र इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...