बिबिएल २०२० : सिड्नी थन्डर्सको दोस्रो जित, पर्थ ७ विकेटले पराजित

214

क्यानबेरा । दशौं संस्करणको बिग बास लिग (बिबिएल) अन्तर्गत सिड्नी थन्डर्स विजयी भएको छ । मंगलबार भएको खेलमा थन्डर्सले पर्थ स्कोचर्सलाई ७ विकेटले पराजित गरेको हो ।

पर्थले दिएको १ सय ५३ रनको लक्ष्य थन्डर्सले ३ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा पुरा गर्दै ७ विकेटको जित हासिल गरेको हो । थन्डर्सको जितमा कलुम फर्गुसन र बेन कटिङले नटआउट ६१ तथा २९ रनको योगदान दिए ।

यस्तै, ओलिभर डेभिसले ३६ तथा उस्मान खवाजाले २१ रनको योगदान दिए ।

यसअघि, क्यानबेरास्थित मनुका ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पर्थले निर्धारित २० ओभरमा पाँच विकेतको क्षतिमा १ सय ५२ रन बनाएको थियो ।

पर्थका लागि मिचेल मार्सले नटआउट ५२ रनको पारी खेले । यस्तै, क्यामरुन बेनक्रोफ्टले अविजित ३४, कोलिन मुनरोले २५ तथा एस्टोन टनरले २३ रन बनाए ।

जितसँगै सिड्नी थन्डर्स अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । तालिकामा होबार्ट हुरिकेन्स पहिलो स्थानमा रहेको छ भने मेलबर्न स्टार्स दोस्रो र सिड्नी सिक्सर्स तेस्रो स्थानमा रहेको छ । यस्तै, एडिलेड स्ट्राइकर्स, मेलबर्न रेनेगेड्स, पर्थ स्कोचर्स र ब्रिसबेन हिट क्रमशः पाँचौं, छैटौं, सातौं र आठौं स्थानमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...