बिबिएल २०२० : मेलबर्नको लगातार दोस्रो जित, सिड्नी थन्डर्स २२ रनले पराजित

160

काठमाडौं । दशौं संस्करणको बिग बास लिग (बिबिएल) अन्तर्गत मेलबर्न स्टार्सले लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको लिगको तेस्रो खेलमा मेलबर्नले सिड्नी थन्डर्सलाई २२ रनले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।

मेलबर्नले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको थन्डर्सले निर्धारित २० ओभरमा १ सय ४७ रन मात्र बनाउन सक्यो । कलुम फर्गुसनले ५४, एलेक्स हेल्सले ४६ तथा एलेक्स रोसले १८ रनको पारी खेलेपनि अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन नसक्दा हार ब्यहोर्न बाध्य भयो ।

मेलबर्नका लिम ह्याचरले ३, एडम जाम्प र हिल्टन कार्टराइटले समान २-२ विकेट लिए ।

यसअघि, क्यानबेरास्थित मनुका ओभलमा टस जितेर पहिले ब्याटिङ गरेका मेलबर्नले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो । मेलबर्नका मर्कूस स्टोइनिसले ६१, कप्तान ग्लेन म्याक्सवेलले ३९, बेन डन्कले १६ तथा निक लार्किनले १५ रनको योगदान दिए ।

शुक्रबार भएको खेलमा मेलबर्नले ब्रिसबेन हिटलाई ६ विकेटले पराजित गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...