टी-२० सिरिज : अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै भारतको विजयी सुरुवात

179

काठमाडौं । अष्ट्रेलियाविरुद्धको पहिलो टी-२० मा भारत विजयी भएको छ । शुक्रबार सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

भारतले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली अष्ट्रेलियाले १ सय ५० रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका कप्तान आरोन फिन्चले ३५, डिआर्ची सर्टले ३४, मोइजेस हेनरिक्सले २० तथा स्टेभन स्मिथ, सिन एब्बोट र मिचेल स्वीपसनले समान १२-१२ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेन ।

अष्ट्रेलियालाई कम योगफलमा रोक्ने क्रममा भारतका युजवेन्द्र चाहल र टी नटराजनले समान ३-३ तथा दीपक चाहरले एक विकेट लिए ।

 यसअघि क्यानबेरास्थित मनुका ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले १ सय ६१ रन बनाएको थियो ।

मध्यम सुरुवात गरेको भारतका लागि लोकेश राहुलले सर्बाधिक ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै, सञ्जु सामसनले २३, हर्दिक पाण्ड्याले १६ जोडे । यसैगरी, कप्तान विराट कोहलीले ९, वासिङटन सुन्दरले ७, मनिष पाण्डेले २ तथा शिखर धवनले १ रन बनाए ।

आक्रामक पारी खेलेको रविन्द्र जडेजाले २३ बलमा एक छक्का र पाँच चौकाको मद्धतमा ४४ रनमा नटआउट रहे ।

अष्ट्रेलियाका मोइजेस हेनरिक्सले ३, मिचेल स्टार्कले दुई तथा मिचेल स्वीपसन र एडम जाम्पले समान एक-एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...