नेपाली क्रिकेटर सन्दीप लामिछाने कोरोना मुक्त

300

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना मुक्त भएका छन् । उनले आफू कोरोनाबाट मुक्त भएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोना संक्रमित भएका थिए । पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनी सेल्फ आइसोलेसनमा बसेका थिए। आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । केही दिनको आरामपछि उनी बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानेछन् ।

अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग सुरु हुँदैछ । उनी तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा छन् । यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्नेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...