निकिशा श्रेष्ठलाई दुर्व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ

126

भक्तपुर । मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठ माथि दुर्व्यवहार गर्ने र भिडियो टिकटकमा ‘अपलोड’ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, भक्तपुरले बिहीबार भक्तपुर नगरपालिका–५ टौमढीबाट उनीहरुलाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए । निकिशामाथि भक्तपुर नगरपालिका–१ दूधपाटीमा गत मंगलबार र्व्यवहार गरी बुधबार सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो । त्यस लगत्तै नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्यूरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेपछि भक्तपुर प्रहरीले पक्राउ गरेको बताइएको छ ।

सार्वजनिक भएको भिडिओमा स्कुटरमा सवार व्यक्तिले निकिशालाई लैङ्गिक विभेद र अपमानजनक शब्द प्रयोग गरी र्व्यवहार गरेको र आफूलाई र्व्यवहार गरेपछि श्रेष्ठले ती मानिसलाई लखेटेको देखिन्छ ।

प्रहरीले बिहीबार बिहान टौमढी निवासी १७ वर्षीय विशेष जोशी, अपरान्ह दूधपाटी बस्ने १७ वर्षीय रितश लाखेलाई तौमढीस्थित आफन्तको घरबाट र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई वडा नम्बर १ भार्वाचोबाट पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

प्रहरीको अनुसन्धानमा खत्रीले स्कुटर चलाएको, लाखेले अपशब्द बोल्दै भिडियो खिचेको र जोशीले भिडियो अपलोड गरेको खुलेको छ । प्रहरीको साइबर ब्यूरोले यसबारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...