विकास निर्माणका ढिलासुस्ती हुनुहुन्न : मुख्यमन्त्री पौडेल

183

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुन नहुने बताएका छन् । बुधबार हेटौंडाका विभिन्न क्षेत्रमा भइरहेका सडकलगायतका विकास निर्माणको कार्यहरुको अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले सडक, पुल, अस्पतालजस्ता अत्यावश्यकीय योजनाको निर्माण तोकिएको समयमा सम्पन्न नहुँदा नकारात्मक परिणामहरु ब्यहोर्नुपर्ने धारणा राखे ।

ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने परिपाटीको अन्त्य गर्न प्रदेश सरकार लागिपरेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कतिपय ठेकेदार कम्पनीहरुले समयमै काम गर्न थालिसकेको बताए । कोरोना संक्रमण मुक्त भएपछि मुख्यमन्त्री पौडेल बुधबार पहिलोपटक सार्वजनिक रुपमा उपस्थित भएका हुन् । मुख्यमन्त्री पौडेलले बुधबार हेटौंडा-४ मा प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको नमूना सडक, हेटौंडा-७ मा भइरहेको कालोपत्रेको कार्यलगायत अनुगमन गरेको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीसँग छलफल गरी विकास निर्माणको काममा सबै क्षेत्रको ध्यान पुग्नुपर्ने बताएका थिए । हरेक क्षेत्रले आआफ्नो दायित्व इमान्दारिताका साथ पूरा गर्ने हो भने देश विकास हुन समय नलाग्ने उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...