सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित जीर्ण भएको सूर्यकुण्ड क्षेत्र । प्राचीन धार्मिक तथा सांस्कृतिक महत्त्व बोक्ने यो क्षेत्रमा कुनै बेला विशाल पोखरी रहेको तर अहिले बगेर सकिएको स्थानीय पाका बताउँछन् । बराहक्षेत्रका मेयर नीलम खनाल अब सूर्यकुण्डलाई पुनर्जीवन दिने तयारी भएको बताउँछिन् ।

