काठमाडौं । काठमाडौंको शैक्षिक हबको रुपमा चावहिल क्षेत्र स्थितमा विनायक सिद्ध कलेजले शैक्षिक संस्थाहरुसँग मैत्रीपूर्ण प्रतिस्पर्धाहरु गराउँदै आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ । विनायक सिद्ध कलेजको स्पोर्ट्स ब्रान्ड एम्बास्डरमा फुटबलर अविषेक रिजाललाई चयन गरेको छ ।
त्यस्तै, फुटबल खेलाडीहरु नेपाल पुलिस क्लबका कप्तान तथा मिडफिल्डर हेम तामाङ, एनआरटीका कप्तान विक्रम धिमाल, मछिन्द्र क्लबका रेजिन सुब्बा, पुलिस क्लबका रोशन खड्का, मानबहादुर तामाङसँगै युवराज राईको रोजाइमा पनि विनायक सिद्ध कलेज नै परेको छ।
सो कलेजमा यसभन्दा अगाडिका वर्षहरुमा पनि राष्ट्रिय खेलाडीहरु आशिष लामा, सुरज ठकुरी, आदिल हमिद, सुमित आले लगायत धेरै फूटबल खेलाडी र १३औं एसियन गेम्सका गोल्ड मेडलिष्ट पुनम श्रेष्ठ एन्फा रेफ्री हरिश कार्की, सपन बस्नेतसँगै रोबिन बुढाथोकी तथा कन्चन तिमिल्सिना लगायतले पनि अध्ययन गरिरहेका छन् ।
माध्यमिक शिक्षा अन्तर्गत प्रोग्रेसिभ मावि र त्रिभुवन विश्वविद्यालय अन्तर्गत विनायक सिद्ध कलेजमा हाल १ हजार ७ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
सो कलेजमा कक्षा १२को तहमा व्यवस्थापन, मानविकी, कानून, शिक्षा र स्नातक तहमा व्यवस्थापन लगायतका त्रिविको विभिन्न कोर्षहरु सञ्चालन भइरहेको कलेजले जानकारी दिए ।
विनायक सिद्धको व्यवस्थापन, शिक्षण सिकाइ क्रियाकलापका साथसाथै विद्यार्थीहरुको चैतर्फी विकासका लागि कलेजले निभाउनु पर्ने भूमिकाप्रति कलेज प्रतिबद्ध रहेको क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले बताए ।