बिपी प्रतिष्ठानमा धनकुटा पाख्रीबासका एक वृद्धको मृत्यु

139

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आइतबार थप एकजना कोरोना संक्रमितको मृत्यृ भएको छ । यससँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ ।

धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद्धको उपचारका क्रममा आइतबार मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए ।

यही कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा निकै समस्या भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...