लागुऔषध खैरो हिरोइनसहित एक पक्राउ

134

कञ्चनपुर । लागुऔषध खैरो हिरोइनसहित बेलौरी नगरपालिका–६ का ३२ वर्षीय दिनेश बोटलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल भित्र्याउँदै गरेको ५० ग्राम खैरो हिरोइनसहित बोटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताए । पक्राउ गरिएका बोटलाई हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको छ ।

यसैबीच प्रहरीले भारतबाट अवैधरूपमा भित्र्याइएको रु एक लाख ७९ हजार १ सय ७५ मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीले बेलौरी नगरपालिका–८ पचुँइबाट युरियामल ४२ बोरा, सुपरमल ११ बोरा र डिएपीमल ७९ बोरा प्रहरीले बरामद गरेको छ ।

ती सामानको मूल्य रु एक लाख ४४ हजार ६ सय ५ रहेको छ । सूर्ती, बिँडी, पापड गरी रु ३४ हजार मूल्यको सामानसमेत प्रहरीले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...