जिम्बाब्वेलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानद्वारा सिरिज २० ले कब्जा

163

एजेन्सी । जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको छ । जितसँगै पाकिस्तानले तीन खेलमा सिरिज २० ले आफ्नो पक्षमा पारेको छ ।

आइतबार सम्पन्न खेलमा जिम्बाब्वे दिएको २ सय ७ रनको मध्यम लक्ष्य ३५.२ ओभरमा पुरा गर्दै ६ विकेटको जित हात पारेको हो ।

पाकिस्तानकाृ जितमा बाबर आजमले नटआउट ७७ रनको योगदान दिए । यस्तै, इमाम उल हकले ४९, हैदर अलीले २९, अबिद अलिले २२ तथा इफ्तिखर अहमदले अविजित १६ रन बनाए ।

यसअघि, रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको जिम्बाब्वेले ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । जिम्बाब्वेका सिन विलियम्सले ७५, ब्रेन्डन टेलरले ३६, ब्रायन चारीले २५ तथा ब्लेसिङ मुजरबनीले १७ रन बनाएका थिए भने अन्य खेलाडीले उल्लेखनीय रन बनाउन सकेन ।

जिम्बाब्वेलाई कम स्कोरमा समेट्ने क्रममा पाकिस्तानका इफ्तिखर अहमदले ५, मुहम्मद मुसाले २ तथा फहीम अस्रफ, हरिस रौफ र इमाद वासिमले एक एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...