बलात्कारको आरोपमा दुई जना पक्राउ

141

फुङ्लिङ । ताप्लेजुङमा दुई बालिकामाथि जबर्जस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

आफ्नै नाता पर्नेबाट करणीको प्रयास भएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा सिदिङ्वा ४, साब्लाखु मादिबुङ बस्ने १८ वर्षीय आइन्द्रहाङ लिम्बू र आठराइ त्रिवेणी गाउँपालिका २ बस्ने २५ वर्षीय बालकृष्ण माबो लिम्बू छन् ।

Share This:
सम्बन्धित खबर
Loading...