दिल्लीमाथि मुम्बइ ९ विकेटले विजयी : दिल्लीलाई प्लेअफमा पुग्न बाँकी खेल जित्नैपर्ने दवाब

175

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शीर्ष स्थानमा रहेकाे मुम्बइ इन्डियन्स विजयी भएकाे छ । शनिबार भएकाे पहिलाे खेलमा मुम्बइले दिल्ली क्यापिटल्समाथि ९ विकेटकाे प्रभावशाली जित हात पारेकाे हाे ।

दिल्लीले दिएकाे १ सय ११ रनकाे सामान्य लक्ष्य मुम्बइले एक विकेटकाे क्षतिमा १४.२ ओभरमा भेट्टायाे । मुम्बइकाे जितमा इशन किशनले अविजित ७२ रनकाे पारी खेले । ४७ बल खेलेका किशनले ३ छक्का र ८ चाैकासहित ७२ रन बनाएका हुन् । यसैगरी, क्वुइन्टन डि ककले २६ तथा सूर्यकुमार यादवले १२ रनकाे याेगदान दिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटकाे क्षतिमा १ सय १० रन बनाएको थियो ।

आजको खेलमा दिल्लीले तीन खेलाडीलाई परिवर्तन गर्दै मैदानमा उत्रिएकाे थियाे । दिल्लीका लागि श्रेयास आयरले २५ रनको योगदान दिए । पहिलो ओभरमै ओपनर शिखर धवनलाई शून्य रनमा गुमाएको थियो । यस्तै, अर्का प्रारम्भिक ब्याट्सम्यान पृथ्वी शाँले आजको खेलमा पनि खराब प्रर्दशन गरे । उनले ११ बलमा १० बनाए ।

यसैगरी, ऋषभ पन्तले २१, रविचन्द्रन अश्विन र कगिसाे रबडाले समान १२/१२ तथा शिम्रोन हिट्मेयरले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन ।

दिल्लीलाई कम स्कोरमा समेट्ने क्रममा मुम्बइका जस्प्रीत बुम्राह र ट्रेन्ट बाेल्टले ३-३, नाथान कल्टर नील र राहुल चाहरले समान एक-एक विकेट लिए ।

जितसँगै मुम्बइ १३ खेलबाट ९ मा जित र ४ खेलमा हरसहित १८ अंक जाेड्दै दाेस्राे स्थानमा रहेकाे बेङ्गलाेर र दिल्लीसँगकाे दूरी ४ अंकले बढाएकाे छ । यस्तै, पराजित दिल्लीले भने प्लेअफमा पुग्नलाई अन्तिम खेलमा जित्नैपर्ने दवाब बढेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...