चेन्नइमाथि राजस्थान ७ विकेटले विजयी, प्लेअफमा पुग्ने सम्भावना जिवितै

234

काठमाडौं । संयुक्त अरब इमिरेट्समा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्स विजयी भएको छ । गर या मरको खेलमा राजस्थानले चेन्नइ सुपर किङ्सलाई ७ विकेटले पराजित गरेको हो ।

१ सय २६ रनकाे सामान्य लक्ष्य पच्छाएकाे राजस्थानले १७.३ ओभरमा पुरा गर्याे । राजस्थानकाे जितमा इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जाेस बट्लरले अर्धशतकीय पारी खेले । बट्लरले ४८ बलकाे सामना गर्दै २ छक्का र ७ चाैकाकाे मद्धतमा नटआउट ७० रन बनाए ।

यसैगरी, कप्तान स्टेभन स्मिथले अविजित २६, बेन स्ट्राेक्सले १९ तथा राेबिन उथप्पाले ४ रन जाेड्दा सञ्जु सामसन शून्य रनमा आउट भए ।

यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ रन मात्र बनाउन सक्यो ।

निरन्तरको अन्तरालमा विकेट पतन हुँदै गएपछि चेन्नइले सामान्य योगफल बनाएको हो । चेन्नइका लागि सर्वाधिक रन रविन्द्र जडेजाले बनाए । उनले ३० बलमा नटआउट ३५ रन जोडे । यस्तै, कप्तान महेन्द्र सिंह धोनीले २८, साम कुरानले २२, अम्बाती रायुडुले १३, फाफ डु प्लेसिसले १० तथा सेन वाट्सनले १० रनको पारी खेले ।

राजस्थानका श्रेयास गोपाल, राहुल तेवाटिया, जोफ्र आर्चर र अंकित राजपूतले समान एक(एक विकेट लिए ।

जितसँगै राजस्थान १० खेलबाट ८ अंक बटुल्दै तालिकाकाे पाँचाैँ स्थानमा उक्लिएकाे छ भने यसअघि साताैँ स्थानमा रहेकाे चेन्नइ पुछारमा पुगेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...