दोस्रो सुपर ओभरमा मुम्बइलाई हराउँदै पञ्जावको तेस्रो जित

172

काठमाडौं । मुम्बइ र पञ्जावबीचको रोमाञ्चक खेलमा पञ्जापले बाजी मार्न सफल भयो । आइतबार राति सम्पन्न खेलमा पञ्जावले मुम्बइ इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको हो ।

दोस्रो सुपरओभरमा मुम्बइलाई हराउँदै प्रतियोगितामा तेस्रो जित हात पार्दै प्लेअफमा पुग्दै आशा जिवितै राखेको छ । मुम्बइले दिएको १२ रनको तार्गेट पञ्जावले चार बलमै भेट्टायो । ओभरको पहिले बलमा क्रिस गेलले छक्का तथा तेस्रो र चौथो बलमा मयंक अग्रवालले लगातार चौका प्रहार गर्दै रोमाञ्चक जित हात पार्यो ।

पहिलो सुपर ओभरमा मुम्बइले ६ रन रन बनाउन नसक्दा खेल दोस्रो सुपर ओभरसम्म लम्बिएको थियो ।

१ सय ७७ रनको लक्ष्य पाएको पञ्जावले पनि ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्रै बनाएको थियो ।

पञ्जावका कप्तान लोकेश राहुलले ७७, क्रिस गेल र निकोलास पूरनले समान २४२४ तथा दीपक हूडा र क्रिस जोर्डनले नटआउट रनको पारी खेले ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा १ सय ७६ रन बनाएको थियो ।

मुम्बइका लागि क्वुइन्टोन डि कोकले ५३, क्रणाल पाण्ड्या र किरोन पोलार्डले समान ३४३४ तथा नाथान कुल्टर निलले २४ रन जोडे ।

पञ्जावका मोहम्मद शामी र अर्शदीप सिंहले दुई दुई तथा क्रिस जोर्डन र रवि बिस्नोइले एक एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...